विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

लोकखबर
१४ आश्विन २०७७, बुधबार १०:०९

मकवानपुर । विराटनगरमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका वडा नं ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु बुधवार बिहान मृत्यु भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले जानकारी गराएका छन् ।

ती पुरुषलाई असोज ४ गते संक्रमण देखिएको थियो । लगत्तै कोसी कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताइएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*