शङ्‍करदास वैरागी मुख्यसचिव, युवराज खतिवडा अमेरिकी राजदूतमा सिफारिस

लोकखबर
१५ आश्विन २०७७, बिहीबार १२:४४

मकवानपुर । सरकारले शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिव नियुक्त गरेको हो । वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले यसअघि मुख्य सचिव रहेका रेग्मीलाई सरकारले बेलायतको राजदूत सिफारिस गरेको छ । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।

यसैगरी युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । यसअघि अर्थमन्त्रीको जिम्मेवारीमा रहेका खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*