भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

लोकखबर
१५ आश्विन २०७७, बिहीबार १३:०२

मकवानपुर ।भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९७ हजार ४९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १७९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ४७२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख २५ हजार ७६३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा छ ।

भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा छन् ।
बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*