नक्कली इन्स्पेक्टरले नक्कली परीक्षा सञ्‍चालन गरेपछि…

लोकखबर
१५ आश्विन २०७७, बिहीबार १३:२६

मकवानपुर । राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा सञ्‍चालन गरेको अभियोगमा आठजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका ७ का २९ वर्षीय अजयकुमार रायसहित आठजना छन् ।

वीरगन्ज महानगरपालिका ५, कुमाल टोलस्थित देव पार्टी प्यालेसमा अनुसन्धान सहायक सूचकको परीक्षा सञ्‍चालन भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले त्यहाँ पुगेको थियो ।

प्रहरीले रायले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नक्कली पोसाक लगाई परीक्षा सञ्‍चालन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उक्त परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ परीक्षार्थी उपस्थित थिए । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*