नेपालगञ्ज र बुटवलमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । बिहीबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल र नेपालगञ्जमा २-२ जना रहेका छन्।
असोज १४ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएका बुटवल उप-महानगरपालिका- ८ का ८० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो श्वासप्रश्वास र तथा उच्च रक्तचाप भएर सघन उपचार कक्षमा भर्ना भएका उनको असोज १२ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
यस्तै रुपन्देही, कोटियामाई-८ निवासी पुरुषको यही असोज १४ गते साँझ ६ बजे मृत्यु भएको छ। ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई १४ गते दिउँसो उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
बिहीबार श्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत ७५ वर्षीया महिला संक्रमितको गए राति १ बजे मृत्यु भएको हो।
उनलाई यही असोज ८ गते अस्पताल भर्ना गरिएको थियो। उनको ८ गते नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
यसैगरी यही अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनको आज बिहान ५:२० मा मृत्यु भएको अस्पतालले जनाएको छ।स्वास्थ्यखबर डटकमबाट