बलात्कार अभियोगमा वडासचिव पक्राउ

लोकखबर
१५ आश्विन २०७७, बिहीबार १५:२८

मकवानपुर । महोत्तरीमा दलित महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले वडासचिवलाई पक्राउ गरेको छ ।

जिल्लाको भंगहा नगरपालिकाको ९ का सचिव मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार साँझ बजारबाट घरतर्फ जाँदै गरेकी एक महिलालाई यादवले जबरजस्ती गरेको आरोप लगाउँदै प्रहरीसमक्ष उजुरी परेको थियो । सोही उजुरी आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अत्यधिक मदिरा सेवनगरी वडासचिव यादवले बजारबाट घरतर्फ जाँदै गरेकी स्थानीय महिलालाई जबरजस्ती गरेको स्थानीयको भनाइ छ । प्रहरीले तत्काल अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए । मेडिकल रिपोर्टका आधारमा वडासचिवमाथि कानुनी कारबाही हुने जिल्ला प्रहरी प्रमुख एसपी टीकाबहादुर केसीले बताए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*