ओली-प्रचण्ड वार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय

लोकखबर
१६ आश्विन २०७७, शुक्रबार १२:४९

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।

शुक्रबार झण्डै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टीभित्र अनसन्तुष्टि बढेपछि शनिबारलाई सचिवालय बैठक बोलाउने र समग्र विषयमा सोही बैठकमा छलफल गर्ने अध्यक्षद्वयबीच समझदारी भएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल हुने एक नेताले बताए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेकपामा फेरि खटपट सुरु भएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*