नर्सिङ पढ्नका लागि स्मृतिलाई एक लाख सहयोग

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभ¥याङ्की स्मृति पोखरेललाई उच्च शिक्षा अध्ययनका लागि स्व. चीनी लामा स्मृति अक्षय कोषले एक लाख रुपैंया सहयोग गरेको छ ।
आज हेटौंडा ११, थानाभर्याङमा आयोजित एक कार्यक्रममा पोखरेललाई नर्सिङ अध्ययनका लागि सघाउ पुर्याउन आर्थिक सहयोग गरिएको स्व. चीनी लामा स्मृति अक्षय कोषका अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषका विशेष संरक्षक दुर्गामान शाक्य, संरक्षक सम्पूर्णकुमार लामा, नेपाल सुनचाँदी व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्य लगायतको आतिथ्यता थियो ।