भीमफेदी गाँउपालिकामा आइतबारदेखि पठनपाठन सुरु

रामकुमार दानी
१७ आश्विन २०७७, शनिबार १७:०५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको सामुदायिक बिद्यालयहरु आइतबारबाट सञ्चालन गर्ने निर्णय भएको छ ।

वैकल्पिक सिकाई सहजीकरण गर्ने उदेश्यले बिद्यालय खोल्ने निर्णय भएको हो । शिक्षा मन्त्रालयको निर्देशिकालाई पालना गरेर वैकल्पिक सिकाई थालनी गर्न लागिएको भिमफेदी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत गोविन्द चौलागाईंले जानकारी दिए । शुक्रबार गाउँपालिकाका सामाजिक विकास संयोजक काशिराम बज्युको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख अध्यक्षतामका बैठक बसी सो निर्णय गरिएको हो ।

बिद्यार्थी सिकाइ सहजिकरण २०७७ माथी छलफल तथा अन्र्तक्रिया गरिएको थियो । असोज १५ गते शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक सिकाई सम्बन्धि सुचनालाई पालना गरि बिद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ मापदण्डको उपायहरु अपनाई सामाजिक दुरी कायम गरी समुदायमै गएर शिक्षण सिकाइ गरिने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । भौतिक दूरी, अनिवार्य माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोगलाई पहिलो प्राथमिकतामा राखेर पठनपाठन सञ्चालन गरिने निर्णय भएको छ । कोरोना भाइरसबाट शिक्षक तथा बिद्यार्थी बच्ने उपाय अबलम्बन गरिएको पञ्चकन्या माध्यामिक बिद्यालयका प्राध्यापक सुरेश कुमार ठकुरीले जानकारी दिए ।

बिद्यार्थी सिकाइ सहजिकरण २०७७ कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष जहार सिंह लामा, ६ नम्बर वडाका अध्यक्ष सिताराम थापा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन कुवँर र  गाउँपालिका भित्र रहेका ४९ वटा सामुदायिक बिद्यालय र २ वटा संस्थागत बिद्यालयका प्राध्यापकहरुको उपस्थिती रहेको थियो । उक्त गाउँपालिकामा जम्मा ५१ वटा बिद्यालय रहेका छन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*