कोरोना संक्रमित ट्रम्पलाई मुसाबाट बनेको औषधि दिइएको दाबी
मकवानपुर ।कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधि दिइएको दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार ट्रम्पलाई मुसाबाट बनेको औषधि दिइएको छ। डेलीमेलका अनुसार हाल परीक्षणकै क्रममा रहेको यो औषधि सर्वसाधारणका लागि उपलब्ध छैन ।
अमेरिकी कम्पनीले बनाएको यो औषधिले भाइरसको मात्रा घटाउने दाबी गरिदै आएको छ ।
ट्रम्पलाई औषधि चलाइए पनि अक्सिजन भने नदिइएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनमा हाल ज्वरो पनि नदेखिएको डाक्टर सन कोन्लीले बताएका छन् ।खबरहब डटकमबाट