प्रदेशसभा सदस्य थापालाई कोरोना संक्रमण
मकवानपुर ।बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण भएको छ।
भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो।
सांसद थापाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी परीक्षण गर्न समेत आग्रह गरेका छन्।
केही दिनदेखि हल्का ज्वरो आएपछि गत असोज १२ गते परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएपनि ज्वरो निको नभएपछि पुनः शनिबार परीक्षण गर्दा पोजिटिभ देखिएको थापाले बताए।
‘विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ बाट जोगिन खोज्दा खोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो पत्तै भएन,’ उनले भने ।
खबरहब डटकमबाट