केही दिनमै मनसुन हट्ने, केही ठाउँमा आज पनि वर्षा

लोकखबर
१९ आश्विन २०७७, सोमबार १०:४९

मकवानपुर । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

सोही प्रभावका कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो र राति हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ ।

पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको छ । अबको केही दिनभित्रै नेपालबाट पूर्णरूपमा मनसुन बाहिरिने उनले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*