भक्तपुरमा बसभित्रै १६ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

लोकखबर
१९ आश्विन २०७७, सोमबार १३:२६

मकवानपुर । भक्तपुरमा बसभित्रै १६ वर्षीया युवतीमाथी सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १० का २२ वर्षीय नीरकुमार खड्का र जुगल गाउँपालिका ४ का २१ वर्षीय सुरेश श्रेष्ठ पक्राउ परेका छन् ।

अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले ती युवतीलाई असोज १६ गते फरार रहेकामध्ये एकजनाले रत्नपार्कबाट बसमा लठ्याउने औषधि सेवन गराए भक्तपुर पुर्‍याएका थिए ।

भक्तपुरका एसपी तारादेवी थापाका अनुसार फरार रहेका भनिएका व्यक्तिले सुरुमा आफूले बलात्कार गरेपछि साथीहरुलाई छाडेर गएका थिए । दुई युवकले पनि ती युवतीमाथि बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन् ।

बा.३ख २६१२ नम्बरको बसभित्र बलात्कार गरेको पाइएको हो । फरार रहेकाको खोजीमा प्रहरी सक्रिय रहेको एसपी थापाले हिजो जानकारी दिइन् । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*