पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए

लोकखबर
१९ आश्विन २०७७, सोमबार १३:४१

मकवानपुर । विश्‍वमहामारीका रुपमा फैलिएको कारोना भाइरस कोभिड १९ को कहरबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । चालु आर्थिक वर्ष ०७७र७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ महिलाले स्वीकृति लिएका छन् । यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन् । असोज १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखराबाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताए ।

यसअघि प्रतिदिन एक सयको हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकामा अहिले कोरोनाका कारण केही संख्या कम भएको उनले बताए । कोभिड संक्रमणको जोखिम जारी भएको लकडाउनका कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकामा अझै संख्या बढ्न सक्ने उनले बताए ।

कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखराबाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*