विश्वभरका ३ करोड ५० लाख कोरोना संक्रमितमध्ये २ करोड ४४ लाख संक्रमणमुक्त

मकवानपुर । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ५० लाख पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले सोमबार बिहान प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ५० लाख ७० हजार २ सय १८ जना संक्रमित भएका छन्।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ७४ लाख ४२ हजार ४ सय ७६ पुगेको छ। त्यस्तै भारतमा ६५ लाख ४९ हजार ३ सय ७३, ब्राजिलमा ४९ लाख १५ हजार २ सय ८९ र रुसमा १२ लाख ९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १० लाख ३५ सय ८ सय ५३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ९ हजार ८ सय २०, ब्राजिलमा १ लाख ४६ हजार ३ सय ५२, मेक्सीकोमा ७८ हजार ८ सय ८०, बेलायतमा ४२ हजार ४ सय ४०, इटालीमा ३५ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ। विश्वभर दुई करोड ४४ लाख ६ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४३ लाख ६१ हजार १ सय ८, अमेरिकामा २९ लाख ११ हजार ६ सय ९९, रुसमा ९ लाख ७५ हजार ४ सय ८८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ८६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६४ हजार ६९ जना संक्रमणमुक्त भएका छन् भने ५ सय ३५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६५ लाख ४९ हजार ३ सय ७३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख १ हजार ७ सय ८२ पुगेको छ। भारतमा हालसम्म ५५ लाख ९ हजार ९ सय ६६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १४ हजार ६ सय १६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय १३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९८ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ६ सय ९० पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ८१ हजार ६ सय ५६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ६२ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ८ सय ५२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ५ सय ३० जना रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ३ सय ६४ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार ४ सय २ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार २ सय ५८ रहेको छ।
भुटानमा संक्रमितको संख्या २८३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २३० छ।स्वास्थ्यखबर डटकमबाट