अमेरिकामा कोरोना संक्रमणले २ लाख १५ हजारको मृत्यु

लोकखबर
२० आश्विन २०७७, मंगलवार ११:४७

मकवानपुर ।अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४२१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म थप ४१ हजार ५७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या ७६ लाख ७९ हजार ६४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४८ लाख ९५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ६९ हजार ५३४ जनामध्ये १४ हजार २८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*