महामारीकाबीच ६ महिनापछि सञ्चालन हुँदै जनकपुरका विद्यालय
मकवानपुर ।कोरोना भाइरसको महामारीकाबीच धनुषास्थित जनकपुरका विद्यालय आज मंगलबारबाट सञ्चालन हुँदैछन् ।
जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय खुल्न लागेका हुन् ।
सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुन लागेको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।
शिशु कक्षा र बाल विकासका कक्षा भने विद्यार्थीको घरघरबाटै सञ्चालन हुनेछन् । यसका लागि शिक्षकहरू घरमै पुगेर ‘होम स्कूलिङ’ सेवा दिने निर्णय भएको उनले बताइन् । खबरहब डटकमबाट