डा केसीको जीवन रक्षा माग गर्दै साझा पार्टीले बालुवाटारमा प्रदर्शन गर्ने

मकवानपुर । २३ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै साझा पार्टीले आज प्रदर्शन गर्ने भएको छ।
शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र राख्नुपर्ने माग गर्दै साझा पार्टी बागमती प्रदेशले दिउँसो ४ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो।
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन।
स्वास्थ्यखबर डटकमबाट