भीमफेदीबाट नाइट्रोभेट सहित दुई समातिए
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ को त्रिभुवन राजपथ अन्तर्गत सडक खण्डबाट अवैध लागूऔषध नाइट्रोभेट सहित दुई जना पक्राउ परेका छन् ।
भैसें प्रहरी चौकीका नायव निरीक्षक कुलबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले
८७० थान नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको हो ।
हेटौंंडाबाट काठमाडौंतर्फ जादैं गरेको बा. ९६ प. ३२८५ नम्बरको मोटरसाइकलमा सवार प्युठान जिल्ला मल्लरानी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं बालाजु बस्ने १८ वर्षिय सतिश दमाल मगर र सोही मोटरसाइकमा सवार अर्का व्यक्ति कालीकोट जिल्ला घोचायबाडा गाउँपालिका वडा नम्बर ३ भई काठमाडौं बस्ने १८ वर्षकै बज्र रोकाया पक्राउ परेका हुन् ।
मकवानपुरका प्रहरी नायव उपरिक्षक,प्रवक्ता ईन्द्रबहादुर रानाका अनुसार पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।