मकवानपुरमा थपिए १० संक्रमित

मकवानपुर । मकवानपुरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका, आयुर्वेद तथा जनस्वास्थ्य प्रबद्र्घन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार कोरोना पुष्टि हुनेमा बागमती गाउँपालिका र थाहा नगरपालिकाका हुन् ।
चौलागाईंको अनुसार बागमतीका ७ र थाहाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
बागमती ४ का २२ र २४ वर्षिय पुरुष, बागमती ६ का १३ वर्षिय बालक, २१ वर्षिय एक पुरष, ३१ वर्षका दुई जना पुरुष र ४९ वर्षिया एक महिला संक्रमित भएका हुन् ।
यस्तै, थाहा १ का ३५ वर्षिय पुरुष र थाहा ३ का १८ र २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईंले जानकारी दिए ।