हेटौंडामा ४० करोड ९५ लाख लागतमा स्लाब ढलान, ८ करोड ५६ लाखमा कालोपत्रे

लोकखबर
२० आश्विन २०७७, मंगलवार १८:५१

मकवानपुर । गत आर्थिक वर्ष २०७६/७७ मा हेटौंडा उपमहानगरपालिकाले ४० करोड ९५ लाख २ हजार रुपैयाँ लागतमा स्लाब ढलान र ८ करोड ५६ लाख २ हजार रुपैंया लागतमा सडक कालोपत्रे गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी गत आर्थिक वर्षमा ३१ हजार मिटर बढी सडक स्लाब ढलान गरिएको हो ।
मेयर हरिबहादुर महतका अनुसार उपमहानगरका १९ वटा वडामा गत आर्थिक वर्षमा ३१ हजार ५ सय ७५ मिटर सडक स्लाब ढलान गरिएको हो ।

यस्तै, हेटौंडाका विभिन्न एक हजार एक सय एक मिटर कच्ची सडकलाई कालोपत्रे गरिएको पनि मेयर महतले बताए ।
स्थानीय उपभोक्तासहितको सहभागितामा ४० करोड ९५ लाख २ हजार रुपैयाँ लागतमा स्लाब ढलान गरिएको हो ।

यस्तै, उपभोक्ता समेत सहभागिता गरी ८ करोड ५६ लाख २ हजार रुपैंया लागतमा सडक कालोपत्रे गरिएको मेयर महतले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*