मकवानपुरमा आज ५१ जनालाई कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा आज (मंगलबार) ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विहान १० जनामा कोरोना पुष्टि भएकोमा बेलुका ४१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
संक्रमित हुनेमा ३७ जना हेटौंडा उपमहानगरपालिका, सिन्धुली र बारा जिल्लाका ११ जना र मनहरी र मकवानपुरगढीका ११ जना छन् ।
यसअघि विहान थाहा नगरपालिकाका ३ जना र बागमती गाउँपालिकाका ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
असोज १९ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा हिजो (मंगलबार) साँझ सार्वजनिक गरेको हो ।