फापरबारीमा ४१ ले गरे रक्तदान

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८, फापरबारीमा आयोजित रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाले आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रम बाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कार्यवाहक सभापति लालबहादुर थापा, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, रेडक्रश जिल्ला शाखा सदस्य कृष्ण चौंलागाई, मंगल रखाल र रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दहालको आतिथ्यता थियो ।
रक्तदान कार्यक्रम फापरबारी रेडक्रस उपशाखाका सभापति केशव तिमल्सिनाको अध्यक्षतामा भएको हो ।