चितवनको परीक्षणमा मकवानपुरका थप सात संक्रमित

लोकखबर
२१ आश्विन २०७७, बुधबार ०७:३४

मकवानपुर । मकवानपुरमा थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राती चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको रिर्पोटमा मकवानपुरका सात जनालाई कोरोना पुष्टि भएको पाइएको हो ।

संक्रमति हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जना हुन् ।

हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ९ र १०,११,१३ र १५ का ५ जना पुरुष, बागमती गाउँपालिकाका एक महिला र एक पुरूषमा कोरोना पुष्टि भएको रिर्पोटमा उल्लेख छ ।

हेटौंडा-९ का ६२ वर्षीय,हेटौंडा- १० का ४० बर्षीय, हेटौंडा-११ का ६५ बर्षीय, हेटौंडा-१३ का ३५ वर्षीय,हेटौंडा-१५ का १८ बर्षीय गरी ५ पुरुषमा त्यसैगरी बागमती गाउँपालिका वडा नम्बर ०६ का ८५ बर्षीया एक महिला,४६ बर्षीय एक पुरूष गरी ७ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

मकवानपुरमा मंगलबार (हिजो) विहान १० र बेलुका थप ४१ गरी ५१ जनालाई संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*