हुँइकिदै आएको मोटरसाइकल जोगाउँदा ट्रक दुर्घटनामा !

मकवानपुर । मकवानपुरको हेटौंडामा हुइँकिदै आएको मोटरसाइकल जोगाउँन खोज्दा ट्रक आफैं दुर्घटनामा परेको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ९ पशुपतिनगर सडकखण्डमा आज (बुधबार) ना ६ ख १३५७ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
प्रत्यक्षदर्शीका अनुसार इलाका प्रहरी कार्यलय पशुपतिनगर नजिकै मोडमा तिव्रगतिको मोटरसाईकल जोगाउँन खोज्दा ट्रक दुर्घटनामा परेको हो । ट्रक सिमेन्ट बोकेर सर्लाही तर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको ट्रकका चालक र सहचालकको अवस्था सामान्य रहेको जनाइएको छ ।