६ वर्षीय बालकसहित चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण

लोकखबर
२१ आश्विन २०७७, बुधबार ११:०४

मकवानपुर । चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र मोरङका एकरएक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले मंगलबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २७ पुरूष र १६ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र २ महिलामा पनि संक्रमण भएको छ । माडीका एक पुरूष, रत्ननगर र कालिकाका एकरएक जना पुरूष र राप्तीका ६ पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*