डा.केसीको माग छिटो सम्बोधन गरियोस् :कांग्रेस नेता कोइराला

लोकखबर
२१ आश्विन २०७७, बुधबार ११:२४

मकवानपुर । कांग्रेस नेता डा.शेखर कोइरालाले २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९औँ पटक अनसनरत डा।केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् ।

 

बुधबार ट्वीट गर्दै कोइरालाले भनेका छन्,’गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’

भदौ २९ मा जुम्लबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने लगायतका विभिन्न ६ बुँदे मागसहित अनसन बसेका उनको स्वास्थ्य जटिल बन्दै गएपछि सरकारविरूद्ध प्रदर्शनसमेत हुन थालेका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*