बहराइनका राजकुमार खलिफासहितको टोली चढ्यो मनास्लु

लोकखबर
२०७७ आश्विन २९, बिहीबार १३:५०

मकवानपुर । बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ ।

आज बिहान ६ बजे राजकुमारसहितको टोलीले मनास्लुको सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ। आरोहण टोलीमा राजकुमारसहित ५० जना थिए।

गत असोज २० मा राजकुमार खलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेको थियो ।

यसअघि गत असोज १९ मा राजकुमारसहितको टोलीले सोलुखुम्बुको लुबुचेको सफल आरोहण गरेको थियो ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको