संसद विघठन : पाँच पार्टीको बैठक बसेर आवश्यक निर्णय लिइने

लोकखबर
८ जेष्ठ २०७८, शनिबार ०९:४२

मकवानपुर । दोस्रो पटक प्रतिनिधीसभा विघठन गरिएपछि उत्पन्न परिस्थितीबारे छलफल गर्न आगामी रणनीति तय गर्न विभिन्न पाँच राजनीतिक दल संयुक्त रुपमा छलफलमा जुट्दैछन् ।

प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भन्डारीले मध्यराती प्रतिनिधीसभा विघठन गरेपछि अब कसरी अघि बढ्ने भन्नेमा साझा धारणा बनाउँन पाँच पार्टीका बीचमा विहान ११ बजेपछि संयुक्त बैठक बस्न थालिएको जनाइएको छ ।

शनिबार विहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेकोे माधवकुमार नेपाल-झलनाथ खनाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा सहभागी हुने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*