विषादी हालेर १० लाख रुपैयाँ बराबरको रुद्राक्ष नष्ट

लोकखबर
२२ श्रावण २०७८, शुक्रबार १६:२२

मकवानपुर । धनकुटा महालक्ष्मी नगरपालिका –२ दमारमा अज्ञात समूहले रुद्राक्षको बोटमा विषादी हालेर १० लाख रुपैयाँ मुल्य बराबरको रुद्राक्षमा क्षति पुर्‍याएको छ।
अज्ञात समूहले दमार मारेकटहरेका स्थानीय कृषक डम्बर पौडेललेको रुद्राक्ष बगानमा विषादी हालेर क्षति पुर्‍याएको उनले बताए। रुद्राक्षको एउटै दाना लाखौ मुल्यमा किनबेच हुने गरेको छ।
पौडेललेको बगान तीन वर्षका लागि संखुवासभाको खाँदबारी नगरपालिका –९ का स्थानीय ब्यापारी अर्जुन निरौला र सविन चापागाँइलाई प्रतिवर्ष १० लाख रुपैयाँमा ठेक्कामा दिएका थिए। रुद्राक्षको जरा र बोटमा विषादी प्रयोग गरेर नष्ट बनाइदिएको ब्यापारी अर्जुन निरौलाले बताए।
विषादी प्रयोगबाट रुद्राक्ष नष्ट भएपछि उनीहरुले महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष धुब्र कुमार रायलाई जानकारी गराइ सकेको बताए। घटनाको बारेमा धनकुटाकै स्थानीय प्रहरी चौकीमा उजुरी दिने तयारीमा रहेको पीडितहरुले बताए।
सके रुद्राक्ष चोर्ने, चोर्न नसके जरामा विषादी छरिदिने, बोक्रा ताछिदिने घट्ना संखुवासभा, भोजपुर र धनकुटामा पछिल्लो समय बढ्दै गएका छन्। गतवर्ष संखुवासभाको पाँचखपन, सिलिचोङ र संखुवासभासँग सीमाना जोडिएका भोजपुरको षडानन्द नगरपालिका क्षेत्रमा रुद्राक्ष चोरीका घट्ना भएका थिए।
रुद्राक्षको बोट जोगाउन मुस्किल परेपछि विभिन्न ठाउँका रुद्राक्ष बगानमा सीसी क्यामेरा जडान गरिएका छन्। राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पुर्‍याउने घट्ना बढेपछि कृषकहरूलाई बोट जोगाउनै मुस्किल परेको स्थानीय ब्यापारी देवराज पुरीले बताए। संखुवासभामा रुद्राक्षबाट वार्षिक तीन अर्ब भन्दा माथिको कारोबार हुने गरेको ब्यापारीले बताएका छन्। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*