मन्त्रि डा. तिमिल्सिनाको जनभेटघाट

– शून्य सहनशीलताको नीति, बिदुरमा पत्रकार सम्मेलन
लोकखवर राजनीतिक व्युरो
२०८३ बैशाख ८, मंगलवार ०२:०४

बिदुर – नयां सरकारको मन्त्रि भएपछि सन्चार तथा सूचना प्रविधिमन्त्रि डा. विक्रम तिमिल्सिना पहिलो पटक नुवाकोट आएका छन् । उनले एकैदिन विभिन्न स्थानमा जनभेटघाट तथा अन्र्तक्रियासमेत गरेका छन् । मन्त्रि डा. तिमिल्सिना गत फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नुवाकोट १ वाट निर्वाचित भएका हुन् ।

मन्त्रि भएको तीन सातापछि गृहजिल्ला आएपुगेका मन्त्रि डा. तिमिल्सिनाले एकै दिन ६ स्थानमा जनभेटघाट, पत्रकार तथा कर्मचारीसंग अन्र्तक्रिया गरेका हुन् ।
सूचना तथा सन्चार प्रविधिमन्त्रि डा. तिमिल्सिनाले् नुवाकोटको शिवपुरी, लिखु तथा सुर्यगढी गाउंपालिकाको विभिन्न स्थानमा जनतासंग भेटघाट गरेका हुन् । उनले जनतालाई देशमा सुशासन तथा विकासमा नयां परिवर्तन आउन लागेको वताए ।

उनले सवैजसो कार्यक्रममा सरकारका वारेमा कतिपयले भ्रम सिर्जना मात्रै गरिरहेको वताए । अहिले सुशासनको पक्षमा सरकार लागेको देखेर कतिपयहरु अत्तालिएकोसमेत उनले वताए । उनले सरकारले मन्त्रिहरुलाई आइफोन खरिद गर्न लागेको विषय भ्रमपुर्ण रहेकोसमेत वताए । भ्रमको पछाडि नलाग्न उनले आम जनता, पत्रकार तथा कर्मचारीहरुलाई आग्रह गरे ।

मन्त्री डा. तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको पनि बताए । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनेर फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले स्पष्ट पारे । सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइबारे भ्रम फैलाउने काम नगर्न पनि मन्त्री डा. तिमिल्सिनाले सवै पक्षमा अनुरोध गरे । उनले स्मार्ट लाइसेन्स छपाइसम्बन्धी विषयमा अनावश्यक भ्रम फैलाउन नहुने बताए ।

उनले यथार्थ जानकारीका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सेवाग्राहीलाई अन्योलमा पार्ने गतिविधि नगर्न पनि पत्रकार जगतलाई सचेत गराए । कार्यक्रममा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल, सुझाव आदानप्रदान तथा सरकार र सञ्चारकर्मीबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
मन्त्री डा. तिमिल्सिनाले .कुनै पनि सूचना साझा गर्नु अगाडि त्यसको सत्यता र स्रोतको विश्वसनीयता परिक्षण गर्न आग्रह गरे । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो” उनले अगाडि भने ।

वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले जनताको करको दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नु पर्नेसमेत बताए । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर, फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उनले भने ।

सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रीत रहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट गरे । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उनले स्पष्ट पारे । मन्त्री डा. तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेकोसमेत वताए ।

नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उनले बताए । “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो, हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं” उनले भने । मन्त्री डा तिमिल्सिनाले नागरिकलाई सकारात्मक सुझाव र सहकार्यका लागि आह्वान गर्दै विगतमा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको दावी गरे । नेपाली जनताले तिरेको करको एक पैसासमेत दुरुपयोग हुन नदिने पनि उनले स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणको विषयमा निजी सञ्चारमाध्यमलाई समस्या पार्ने उद्देश्य सरकारको नभएको स्पष्ट पारे । “विज्ञापनमा हुने खर्चको सानो हिस्सा मात्रै मिडियामा पुग्ने र ठूलो रकम अन्यत्र चुहिने गरेको र त्यो चुहावट रोक्ने र वास्तविक श्रमजीवी पत्रकारसम्म रकम पुग्ने व्यवस्था गर्न सरकार काम गरिरहेको छ, धैर्य गरौं, छिट्टै यसको उचित व्यवस्थापन हुनेछ”–मन्त्रि डा. तिमिल्सिनाले वताए । पत्रकारिता पेशा जिम्मेवार, मर्यादित र सत्यनिष्ठ हुनुपर्नेमा जोड दिँदै उनल सञ्चारजगतलाई अझ पेशागत अनुशासन कायम गर्न आग्रह गरे ।

सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक गतिविधिप्रति सचेत रहन पनि सञ्चार क्षेत्रलाई आग्रह गर्दै उनले “सबै कुरा कारबाहीले मात्र समाधान हुँदैन, सचेतना र जिम्मेवारी पनि उत्तिकै आवश्यक छ,” उनको भनाई छ । मन्त्री डा. तिमिल्सिनाले देशको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताउंदै सरकार तीनै तहका सरकारबीच सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि उनको भनाई छ । मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने प्रभावबारे गम्भीर विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पु¥याउन सक्ने चेतावनी दिदै सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने वताउंदै श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको दावी गरे । उनले तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्नेमा औँल्याए । मन्त्री डा. तिमिल्सिनाले सरकारले काम र परिणाममार्फत जवाफ दिने नीति अवलम्बन गरेको स्पष्ट पार्दै, “सरकार अफवाह होइन, नीति र नतिजामा विश्वास गर्छ, सञ्चार जगत तथा नागरिकले सत्यमा आधारित भएर प्रश्न र खबरदारी गरे सरकार अझ जवाफदेही बन्छ ।” नयाँ सरकार गठन भएको झण्डै एक महिनाभित्रै जनताको आवश्यकता पहिचान गरी काम सुरु गरिएको उल्लेख गर्दै मन्त्रि डा. तिमिल्सिनाले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखिएको वताए ।

विगतका कमजोरी सुधार्दै अहिले परिणाममुखी काम भइरहेको दावी गर्दै उनले नागरिकलाई सरकारप्रति निरन्तर प्रश्न गर्न र निगरानी बढाउन आग्रह गरे । सत्यमा आधारित आलोचना र सुझाव आवश्यक रहेको बताउंदै प्रविधिको प्रयोग विस्तार गरी सेवा प्रवाहलाई सहज बनाउने योजना अघि सारिएको जानकारी पनि दिए ।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए । अनावश्यक विवादभन्दा सहकार्यबाटै समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।


सर्वाधिक रुचाइएको