व्याडमिण्टनका बिजेताहरुलाई पुरस्कार

– सुजन र दिलाशाको जोडी भए प्रथम
लोकखवर खेल संवाददाता
२०८३ बैशाख ८, मंगलवार ०२:१५

बिदुर – व्याडमिण्टन खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा सन्चालित प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा दुई सय जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

बिदुर नपा २ स्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा विभिन्न आठ विद्यामा प्रतिस्पर्धा गराइको थियो । प्रतियोगितामा पुरुष एकल विद्यातर्फ क्षितिज खनाल प्रथम भएका छन् उनले नगद ५० हजार रुपैया पुरस्कारसहित ट्रफी र मेडल थापे । प्रफुल महर्जन उपविजेता भई नगद ३५ हजार र विद्यान अधिकारीले तृतीय स्थान प्राप्त गर्दै नगद २० हजार रुपैया पुरस्कार पाएका छन् ।

भेट्रान्स (९०+) समूहको विद्यामा विशाल खड्का र सुदीप योञ्जनको जोडीले प्थम स्थान जितेको छ । सोही विद्यामा सञ्जय कपाली र इन्द्र मेहताको जोडी उपविजेता भएको छ । सोही विद्यामा शम्भुकुमार श्रेष्ठ र देव गुरुङ, तथा आकाश छन्त्याल र अंकुसाङ शेर्पाको जोडीले तेस्रो स्थान जितेको हो । प्रतियोगितामा खुला ‘बि’ लेभलतर्फ राम राई र थम रानाको जोडी विजेता भए । हरि केसी र समिर थापामगरको जोडी द्वितीय भए । विमल कुमाल र सुन्दर विक, तथा विद्यान गुरुङ र कृष्ण सलामीको टोलीले तृतीय पुरस्कार पाएका हुन् ।

प्रतियोगितामा महिला डवलतर्फ रसिला महर्जन र अमिता गिरीको जोडीले प्रथम पुरस्कार जिते । शेस्ना सिर्पाली र रिहाना शेरचनको जोडी दोश्रो भए । नविना राई र निशाम हाङ्गमा सुब्बा तथा दिलाशा रानामगर र तीलमाया रानामगरको जोडी तृतीय भए । पुरुष डवल खुलातर्फ सुजन थापा र राम मल्लठकुरीको जोडी प्रथम भएका छन् । सोही विद्यामा क्षितिज खनाल र देवराज रानाको जोडी दोस्रो भए ।

ससेन डंगोल र सुमन शाक्य तथा सुनील कार्की र सुमित थोकरको जोडीले तेस्रो स्थान जिते । नुवाकोट जिल्ला लेभलको ए तर्फ सुरज लामा र चन्दन घलेको जोडी प्रथम भए । सोही विद्यामा विवेक जोशी र प्रोग्रेस श्रेष्ठको जोडी दोस्रो भए । राकेश गुरुङ र नवीन श्रेष्ठ तथा बसन्त तामाङ र सुशान्त श्रेष्ठको जोडी तेस्रो भए ।

नुवाकोट जिल्ला लेभलको ‘बि’ तर्फ शम्भु पाण्डे र रोशन डंगोलको जोडी प्रथम भए । सोही विद्यामा सुशील अधिकारी र विनयप्रसाद लामिछानेको जोडी दोस्रो भए ।
सजन श्रेष्ठ र घनश्याम श्रेष्ठ तथा सोनु तामाङ र प्रविण गुरुङको जोडी तेस्रो भए । सोही प्रतियोगितामा ‘मिक्स डवल खुल्लातर्फ विशाल खड्का र दिलासा रानाकोजोडी विजेता भएको छ ।

भोजबहादुर गुरुङ र रोजी राईको जोडी दोश्रो भए । सोही विद्यामा सुजन थापा र तीलमाया राना तथा सुनील कार्की, निशाम हाङ्गमा सुब्बाको जोडीले सान्त्वना पुरस्कार जितेको छ । विजेताहरूलाई पुरस्कार वितरण गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रतियोगिताको समापन गरे । उनले खेलकुदको प्रवद्र्धनका लागि बिदुर नपाले विशेष कार्य गरिरहेकोसमेत वताए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई बिदुर नपाकी उपमेयर प्रभा बोगटी, वडाध्यक्षहरु दीपक कायस्थ, नीलमबाबु ढुंगेल, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष गीता अमात्य लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा पुरुष एकल खुल्लातर्फका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाएका छन् ।

सोही प्रतियोगितामा महिला तथा पुरुष डवल खुल्लातर्फका विजेताले पनि नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाएका छन् । प्रतियोगितामा नेपाल व्याडमिण्टन महासंघ काठमाडौंको प्राविधिक सहयोग र जिल्ला समन्वय समिति नुवाकोटले समन्वय गरेको हो । नुवाकोट ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सम्पन्न भएकोे प्रतियोगिताले खेलाडीहरूको पहिचान, प्रवद्र्धन गर्नुका साथै स्थानीय खेलाडिहरुलाई प्रोत्साहन मिलेको नुवाकोट व्याडमिण्टन संघका अध्यक्ष धनसिंह तामाङले बताए ।

उनले यस प्रतियोगिताले नुवाकोटमा खेल पर्यटनको उजागर हुनुका साथै यसवाट व्याडमिन्टन खेलको विस्तार तथा प्रवद्र्धन हुनुका साथै खेलाडिहरुवीच पुर्नमिलनसमेत भएकोे बताए । मेयर राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्ष तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको