रौतहटमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
रौतहट । रौतहटमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ बलरीमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो ।
स्थानीय आयोजक श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला समिति रौतहट तथा आयोजक रोटरी क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ हेटौंडा तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने आयोजक समितिले जनाएको छ । सो आँखा शिविर आउदो पुस २ गते बलेरीको श्री प्रथमिक विद्यालयमा सञ्चालन गरिने छ ।
उक्त निःशुल्क आँखा जाँच शिविरमा मोतिविन्दुका बिरामीहरुका लागि हेटौंडा सामुदायिक आँखा अस्पताल द्वारा पुस ४ गते जाने, आउने, खाने, बस्ने व्यवस्थाका साथै निःशुल्क अप्रेशन समेत व्यवस्था गरिएको हेटौंडा सामुदायिक आँखा अस्पताले जनाएको छ ।











































