सार्वजनिक गाडीमा कोचिएर यात्रा गर्ने संस्कार रोकिएन
मकवानपुर । मकवानपुरबाट पुर्व पश्चिम राज मार्गको सार्वजनिक यातायातहरुमा अझै पनि बसमा कोचिएर यात्रा गर्नु बाध्यता छ यात्रुहरुलाई । सम्बन्धीत निकायले ध्यान नदिदा यात्रुहरुले अझै जोखिम पूर्ण यात्रा गर्नु परेको छ । सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारीमा यात्रा नै गर्दैनन् । तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु पर्ने बाध्यता नै छ ।
हेटौंडाबाट चःपुर जान लागेका आर्दश झाले बसको टिकट लिन जादा बसमा सिट भेट्नन् । उभिएर यात्रा गर्न पर्छ भनेर उनलाई पीर लागेको होइन, सकेसम्म भीडमा खाँदिनु नपरोस् भन्ने उनको ध्येय थियो । तर, साँझ पर्दै जाँदा झन बसहरु भरि भराउ आउन थालेपछि उनी पनि भीडमा कोच्चिएर यात्रा गर्न बाध्य भए।
अहिले हेटौंडाबाट सार्वजनिक सवारी चढ्नेमध्ये आधाजसो त मास्क न लगाएरै यात्रा गरिरहेका छन् । सरकार तथा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिने निर्णय गरे ता पनि यो भनाई कागजमा मात्र सिमित रहेको झाको गुनासो छ । उनले भने सरकारले निर्णय गर्छ तर, विभाग यसको अनुगमनमा सडकमा आएर हेर्र्दैनन् । जसका कारण यात्रुले जोखिम पूर्ण यात्रा गर्नु पर्छ नै, सरकारले कोरोना भाइरसको जोखिम फैलन नदिन अपनाएको भनिएको सावधानी व्यवहारमा न देखिएको झाको गुनासो छ ।
सरकार तथा यातायात व्यवस्था विभागले निर्णय गरेको कुरा कार्यान्वयनमा चासो नदिने पुरानो चलन संवेदनशील विषय हो । यसका कारण सार्वजनिक सवारी धनी र चालकहरुले पुरानै शैलीमा सवारी चलाइरहेका छन् ।
सवारि चालकहरुले कोरोना कहरको मारलाई भन्दा पनि कसरी बढी रुपैयाँ आर्जन गर्ने सोचलाई प्राथमिकता दिँदा त्यसको मार यात्रुहरुले भोग्ने गरेको यात्रुहरु बताउने गर्छन् । कोरोनाको तेस्रो लहर आएता पनि कसैको ध्यान न पुगेको यात्रुहरु बताउँछन् । पहिलो तथा दोस्रो चरणमा आएको कोरोना भाइरसको महामारी पछि सबैले माक्स, सनिटाईजर आदि लगायतको साधन प्रयोगमा ल्याएको थियो । तर कोरोनाको जोखिम कम भएसंगै सुरक्षीत रहने सबै अभ्यासहरु पनि कम हुँदै गयो र अहिले फेरी कोरोनाको तेस्रो लहर आई सक्दा पनि कुनै सावधानी तथा सतर्कता अपनाइएको पाइदैन ।
पुर्व पश्चिम राजमार्गमा बस चलाइरहेका शंकर अचार्य सिटमा मात्रै यात्रु बोक्न नाफा नै नहुने बताउँछन् । उनका अनुसार बसमा ४०–५० जना राख्दा भरिन्छ, बढी यात्रु बोक्न नदिने हो भने त गाडी चलाउन पर्दैन,’ उनी भन्छन्, ‘हामीले पनि बैंकको किस्ता तिर्नुपर्छ, घरपरिवार चलाउनुपर्छ ।’सरकारले गरेको निर्णय व्यवहारिक नभएको उनको भनाइ छ ।
चःपुर रुटको बसका सहचालक महेश बस्नेर्त भीडमा नचढ्नुस् भन्दा पनि यात्रुहरु चढने गरेको दाबी गर्छन्। मान्छे धेरै भएका बेला कसलाई चढ् भन्ने, कसलाई नचढ् भन्ने ?’ उनी भन्छन्, ‘सबैलाई छिटो पुग्नुपर्ने हतार हुन्छ, जति भिड भएपनि हामी चढ्छौं भन्दै चढेपछि ओराल्न मिल्दैन ।’











































