मकवानपुरमा पुसको पहिलो हप्ताबाट बेकरीको मूल्यमा वृद्धी हुने
मकवानपुृर । मकवानपुरमा पुसको पहिलो हप्ताबाट बेकरीको मूल्यबृद्धि हुने भएको छ । आज हेटौँडामा भएको बेकरी उद्योगी ब्यवसायीको भेलाले पुसको पहिलो हप्ताबाट बेकरीको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो ।
बेकरीको हरेक आइटममा ५ देखि १० रुपैँयासम्म मूल्यबृद्धि हुने मकवानपुर बेकरी उद्योग संघका सचिव राजेन्द्र सापकोटाले बताए । कच्चा पदार्थमा मूल्यबृद्धि भएपछि आफुहरुले वाध्य भएर मूल्यबृद्धि गर्नुपरेको उनको भनाई रहेको छ ।
पुस पहिलो साताबाट अब ठुलो पाउरोटी प्रति प्याकेट ६० रुपैँया, मिडियम ४० रुपैँया, सानो २५ रुपैँया मूल्य निर्धारण गरिएको छ । पपलाई प्रति प्याकेट ६० रुपैँया, बिस्कुट प्रति प्याकेट ६० रुपैँया, क्रिमरोल (४ पिस) ६० रुपैँया, बन पाउरोटी (६ पिस) ६० रुपैँया, दुनोट (६ पिस) ६० रुपैँया तोकिएको संघले जनाएको छ ।
मकवानपुरमा करिब २ दर्जन साना ठुला गरि बेकरी उद्योग रहेको संघको भनाई रहेको छ ।











































