विरामी गााई अपडेटः गाई पिडित किसानले उचित छतिपुर्ती पाउने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ गोल्फीङ्टारस्थित विरामी गाइ पिडित किसानले उचित राहत पाउने भएका छन् ।
गाई पिडित किसानको मागलाई मध्यनजर गर्दै पशु पन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडा, मकवानपुर कार्यालयका प्रमुख डा.रामप्रकाश प्रधानले विज्ञ केन्द्र हेटौंडालाई पिडित किसानहरुको लागेको खर्च ब्यहोर्न र विरामी गाई निको नभएसम्म उपचार गर्न निर्देशन दिएका हुन् ।
गाई पालक किसानले आपति तथा समस्या परेको बेलामा उपचारका लागि फोन सम्र्पक गर्दा सम्बन्धीत अधिकारीहरुले किन बेवास्था गरेको संचारकर्मीहरुको प्रश्नको उत्तर दिँदै डा.प्रधानले त्यो सम्बन्धीत अधिकारीहरुको सरासर गल्ती हो । यो कार्यालय हुने खानेको मात्र नभई समान्य किसानहरुको पनि हो, र हामीले दिनभरी किसानहरुको समस्या नै सुन्नु पर्छ र समाधान तर्फ लाग्नु पर्छ । तथा जे भयो गलत भयो यस्तो गल्ती अब नढोहोरीयोस् उनको भनाई थियो । समस्या परेको समयमा किसानको नजिक रहेर सेवा दिनका लागि सबै अधिकारीहरुलाई निर्देशन समेत दिए उनले ।
मेनुका कृषी तथा पशु पन्छि फार्म (हेटौंडा-११ गोल्फीङ्गटार) का विरामी गाईहरुको उपचार नियमीत भैरहेको तथा विरामी गाईमा केही सुधार आएको फार्मका अर्का संचालक पुरुषोत्तम ढकालले जानकारी दिए ।











































