बढ्यो सुनको भाउ, तोलामा कति ?

लोकखबर
२०७८ पुष १, बिहीबार १२:१८

नेपाली बजारमा आज सुनको भाउ तोलामा एकै दिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

बुधबार प्रतितोला छापावाल सुनको भाउ ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको