मकवानपुर आएर कमल थापाले सम्झे ‘बडामहाराजाधिराज’

लोकखबर
२०७८ पुष १, बिहीबार १४:५६

मकवानपुर । राप्रपा अधिवेशनमा अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा आफ्नो गृह जिल्ला मकवानपुर आएका छन् ।

श्रीमती तथा परिवारका अन्य सदस्यसँग मकवानपुर आएका उनले मकवानपुरगढीमा रहेको नेपाल एकिकरणकर्ता पृथ्वी नारायण शाहको ससुराली अर्थात सेन बंशको राजदरबार ‘मकपानपुरगढी दरबार’को अवलोकन गरेका छन् ।

मकवानपुरगढी परिषरको अवलोकनको तस्बिर सहित उनले फेसबुकमा लेखेका छन ‘ऐतिहासिक मकवानपुर गढी अवलोकन गर्दा आज अत्यान्त खुसीको अनुभूति भयो । नेपाल एकिकरणका महानायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्नारायण शाहको विरता, साहस र दुरदर्शिता प्रति सादर नमन ।’

राप्रपाको महाधिवेशनमा पुर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा आफुलाई पराजित गरिएको आरोप लगाउँदै निर्मल निवासको हस्तक्षपबारे छानविन समिति निर्माण गर्नुपर्ने पत्र नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुझाएर थापा मकवानपुर आएकाNo description available. हुन् । राप्रपा अधिवेशनपछि पूर्वराजासँगको सम्वन्धमा दरार आएपनि थापाले एकिकरणकर्ता पृथ्वी नारायण शाहको विषयमा खुलेर सम्मान ब्यक्त गरेका छन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको