नेपाली कांग्रेसको महामन्त्रीमा थापा निर्वाचित
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा निर्वाचित भएका छन्।
उनी ९५९ मत गणना गर्न बाँकी छदै महामन्त्रीमा निर्वाचित भएका हुन्।
उनी निर्वाचित भएको आधिकारिक घोषणा हुन भने बाँकी छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३७२० मत गणना हुँदा थापाले २४०९ मत पाएका छन्।
पहिलो नम्बरमा रहेका थापा र तेस्रो नम्बरमा रहेको महतको मतान्तर ११८६ छ।
अब गणना गर्न ९५९ मत मात्रै बाँकी छ। सबै मत महतले पाउँदा पनि थापालाई उछिन्न सक्दैनन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका विश्वप्रकाश शर्माले १५३१ मत पाएका छन् भने तेस्रो नम्बरमा प्रकाश शरण महतले १२२३ मत पाएका छन्।











































