नेपालमा कुल जनसंख्याको ३१ प्रतिशतले कोभिडविरुद्धको खोप लगाए

लोकखबर
२०७८ पुष १, बिहीबार १५:०९

नेपालमा कोभिडविरुद्धको पूर्ण मात्रा खोप कुल जनसंख्याको ३१ दशमलव शून्य प्रतिशतले लगाएका छन् । त्यसैगरी पहिलो मात्रा ३८ दशमलव २ प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लक्षित जनसंख्याको पहिलो मात्रा खोप ५८ दशमलव २ प्रतिशत र पूर्ण मात्रा खोप ४७ दशमलव २ प्रतिशतले लगाएका छन् । सरकारले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिदै आएको छ ।

खोप लगाउने कार्यमा सबैको साथ र सहयोग रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको