टोल विकास संस्थाका अध्यक्षहरुलाई नेतृत्व तथा क्षमता विकास तालिम
मकवानपुर । टोल विकास संस्थाका अध्यक्षहरुलाई नेतृत्व तथा क्षमता विकास तालिम दिईएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको तालिममा १२० टोल विकास संस्थाका अध्यक्षयहरुको सहभागिता रहेको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धुब्र अधिकारीले बताए ।
पुष २ र ३ तथा ४ र ५ गते गरि दुई चरणमा तालिम भएको अध्यक्ष अधिकारीले बताए ।
तालिममा टोल विकास संस्था नगर समन्वय समितिका देवकुमार श्रेष्ठ, रिपेश दहाल र शिवहरी दहालले सहजिकरण गरेका थिए । तालिम भोलि ५ गतेसम्म हुने बताइएको छ ।











































