आज सुनको मूल्यमा वृद्धि, तोलामा कति ?

लोकखबर
२०७८ पुष ५, सोमबार १२:१०

सोमवार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू.२०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू.९३ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतवार प्रतितोला रू.९३ हजार ६०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू.२०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९३ हजार ३०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू। ९३ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू। १ हजार २४५ मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको