रौतहटमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

लोकखबर
२०७८ पुष ५, सोमबार १३:०२

रौतहट । रौतहटको फतुवाबिजयपूर नगरपालिका स्थित रहेको सडक खण्डमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

आईतबार राती करीब २१ः१५ बजेको समयमा फतुवा बिजयपूर नगरपालिका ११ हिमालिबास स्थीत सडक खण्डमा वुटवाबाट विजयपुर तर्फ आउँदै गरेको ना८ख ४२०२ नम्बरको टिपरले विपरित दिशाबाट आउदै गरेको बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक फतुवा विजयपुर नगरपालिका ९ लक्ष्मीनिया निवासि अन्दाजि ५० वर्षी खेदु चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।

मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको इलाका प्रहरी कार्यालय बिजयपूरका प्रहरी निरीक्षक विष्णु विकले जनाएको छ । स्थानियहरुले उक्त टिपर र नजिकै आउँदै गरेको ना ७ ख ७९१७ नम्बरको टिपरमा तोडफोड गरि ठुलो क्षति पुर्याएका छन् । प्रहरीले दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल नियन्त्रणमा लिई फरार चालकको खोजतलास कार्य जारी रहेको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकले जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको