मकवानपुरमा पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु

लोकखबर
२०७८ पुष ५, सोमबार १६:१०

मकवानपुर । मकवानपुर पनि विद्युतीय राहदानी वितरणको प्रक्रिया सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबारदेखि विद्युतीय राहदानी वितरणका लागि प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको छ ।

विद्युतीय राहानीका लागि मकवानपुर जिल्ला छनौट गरी मिति र समय निश्चित गरेका सेवाग्राहीको प्रत्यक्ष दर्ताको कार्य सुरु गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले प्रारम्भिक चरणमा दैनिक १५ जनाको कोटा तोकी प्रत्यक्ष दर्ता गर्ने कार्य सुरु गरिएको छ । क्रमशः कोटा वृद्धि गरिँदै लगिने पनि प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको