स्कुटर दुर्घटनामा परि एकको मृत्यु

लोकखबर
२०७८ पुष ६, मंगलवार १३:५९

मकवानपुर । स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित सिपाली चोकमा गएराती तीन जना चढेको स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हटियाबाट चौघडातर्फ जाँदै गरेको तीन जना चढेको अनटेष्ट स्कुटर गएराती १० दुर्घटना हुँदा २५ वर्षीय सुमन बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक देवेन्द्र दासले जनाएको छ।

बयलकोटीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालक र पछाडी चढेका एक जना गरी दुई जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको