मकवानपुर क्याम्पसका विधार्थीहरुले लगाए कोरोनाविरुद्धको खोप

लोकखबर
२०७८ पुष ६, मंगलवार १७:०८

मकवानपुर । मकवानपुरमा १२ वर्षदेखि १७ वर्षसम्मको बालबालिका तथा विधार्थीहरुलाई कोरोना भाइरस (कोभिड) विरुद्धको मोडर्ना खोप लगाउने अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका २ स्थित रहेको मकवानपुर बहुमुखी क्याम्पसका बिद्यार्थीहरुलाई कोरोना भाईरसविरुद्धको मोडेरन खोप लगाईएको छ ।

मंगलबार क्याम्पसमा उपलब्ध भएको कोरोना विरुद्धको खोप क्याम्पस परिसरमा नै कक्षा ११ र १२ अध्ययनमा रहेका बिद्यार्थीहरुलाई खोप लगाइएको हो । क्यामपसमा दिवा समूहमा अध्ययनरत बाणिज्य तथा बिज्ञान सङ्कायका तर्फका विद्यार्थीहरुले खोप लगाईएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को समन्वय तथा बनस्खन्डी शहरी स्वास्थ्य केन्द्र र बनस्खन्डीको आयोजनामा खोप बितरण भइरहेको बनस्खन्डी शहरी स्वास्थ्य केन्द्रकि जनस्वास्थ्य निरीक्षक पार्वती पौडेलले बताए ।

उनले पहिलो र दोश्रो दिन गरि जम्मा एक हजारको संख्यामा खोप बितरण गर्ने बताए। उक्त केन्द्रका रा.स मनिशा सुवेदी, अनमी जोशिका शर्मा र महिला स्वास्थ्य स्वयमसेबिका मिना पराजुली लगायतका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको