लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित एक जना पक्राउ

लोकखबर
२०७८ पुष ६, मंगलवार १७:३६

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा जस्तो देखिने वस्तुसहित एक जना मानिसलाई पक्राउ गरेको छ ।

मंगलबार राती करिब २२ः३० बजेको समयमा मकवानपुरको ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मकवानपुरको मनहरी गउपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम लोकमार्ग सडकको किनारमा शंकास्पद रुपमा हिडिरहेका राक्सिराङ गाउपालिका वडा नम्बर ९ निवासी १९ वर्षीय कृष्णकुमार सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सुनारलाई चेकजाँच गर्दा पिँठ्युमा बोकेको झोलामा ल्याएको लागुऔषध गाँजा जस्तो देखिने वस्तु १० किलो १०० ग्राम फेला परेको हुँदा उक्त वस्तुसहित पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको