सुनको मूल्य ४ सयले घट्यो

लोकखबर
२०७८ पुष ७, बुधबार १३:११

बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँले बढेर १२४५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको