छुट्टाछुट्टै स्थानबाट तीन शव फेला

लोकखबर
२०७८ पुष १०, शनिबार १९:११

मकवानपुर । मकवानपुरमा शुक्रबार छुटछुट्टै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको छ । छुट्टाछुट्टै स्थानमा दुई महिलाको शव झुण्डिएको अवस्थामा फेला छन् भने मृत अवस्थामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तीमध्ये एक जनाको शव हालसम्म पनि सनाखत हुन सकेको छैन । अन्य दुई जनाको भने हिजै (शुक्रबार) सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  हेटौंडा उपमहानगरपालिका–५ सिँचाईटोल बस्ने १८ वर्षीया आरती घिमिरे आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको हो । यस्तै, शुक्रबार बिहान नै मकवानपुरगढी–६ बस्ने ४२ वर्षीया सुनमाया रुम्बा गोलेको शव घर नजिकैको अम्बाको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सुकौरामा शुक्रबार नै फेला परेको अन्दाजी २५ वर्षीय एक पुरुषको शवको हालसम्म पनि सनाखत नभएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको