घाँटी रेटिएको अवस्थामा शव

लोकखबर
२०७८ पुष १२, सोमबार ११:०९

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ।

छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो।

बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

हत्याराको पहिचान नभएको र कारण पनि नखुलेको स्थानीय शुभनारायण यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ। ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै भएको देखिन्छ, थप अनुसन्धान सुरु गरेका छौँ’, उनले भने।

यसअघि गएको मंसिर ८ गते पनि छिन्नमस्ता ६ मा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको